चर्चित भारतीय कलाकार नाना पाटेकरको ७५ बर्षको उमेरमा निधन भएको छ । गोवाको डोना पाउलास्थित घरमा बेहोस अवस्थामा भेटिएका पाटेकरको मणिपाल अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रोतले बतायो ।
हृदयघातका कारण बेहोस अवस्थामा फेला परेका उनलाई अस्पताल पुर्याईएको तथा ४५ मिनेट सम्म चिकित्सले सिपिआर गर्दा पनि कुनै प्रतिकृया नआए पछि बिहिबार बिहान करिब ५ः२० बजे मृत घोषणा गरिएको थियो ।
पाटेकर हिन्दी र मराठी चलचित्रका प्रभावशाली अभिनेताका रूपमा परिचित थिए ।
सन् १९७८ मा ‘गमन’ बाट चलचित्र क्षेत्रमा डेव्यु गरेका उनले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’, ‘वेलकम’ र ‘नटसम्राट’ जस्ता हिट चलचित्रमा अभिनय गरेका छन् ।
पटेकरलाई सन् २०१३ मा भारत सरकारले उनलाई पद्मश्रीबाट सम्मान पनि गरेको थियो ।


न्यूज समय
२२ आश्विन, २०८३, बिहिबार १३:१८