नेपाली काँग्रेसका नेता अमर सिंह पुनले जारी १५औं महाधिवेशनमा केन्द्रीय महामन्त्रीको उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेस लुम्विनी प्रदेशको प्रथम सभापति पुनले आज काठमाडौंको भृकुटी मण्डपमा केन्द्रीय महमन्त्रीको उम्मेदवारी दिएका हुन् ।
रोल्पाको साविक गंगादेवी गाउँपालिकामा जन्मिएका पुन २०४८ साल देखि निरन्तर नेपाली काँग्रसको राजनीतिमा सक्रिय रहदै आएका छन् ।
माओवादी सशस्त्र द्वन्द्वकालमा रोल्पाबाट विस्थापित भएर बाँके झरेका पुन बाँकेबाट आफ्नो राजनीतिक गतिविधीलाई निरन्तरता दिदै आएका छन् ।
सरल र मिजासिला स्वाभावका उनि सक्षम र संगठन विस्तारमा निकै दख्खल रहेको पहिचाहन बनाएका छन् ।
नेपाली काँग्रेस गगन थापा समुहले गरेको बिशेष महाधिवेशनको घोषणा संगै काँग्रेसमा पुस्तान्तरण, पार्टी रुपान्तरण र संगठन सुदृढिकरणको एजेन्डालाई आत्मसाथ गर्दै पुनले जिल्ला देखि केन्द्र सम्म पार्टी सहजिकरणमा सक्रिय भुमिका निभाउँदै आएका छन् ।
अग्रजको अनुभव, युवाको उर्जा र सवै तहका साथीहरुको सहभागिताबाट नेपाली काँग्रेस अझ बलियो र जनमुखि बनाउने यात्रामा प्रतिवद्ध रहेको बताउँदै पुनले आफुलाई केन्द्रीय महामन्त्रीमा भोट गरिदिन देश भरीबाट आएका महाधिवेशन प्रतिनिधीहरुलाई आव्हान गरे ।
२०७० सालमा संविधान सभा सदस्य बनेका पुन २०७४ सालमा नेपाल सरकारको सिंचाई राज्यमन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेकाले उनि नेपाली काँग्रेसको अनुभवि नेताका रुपमा चिनिन्छन् ।


न्यूज समय
२० आश्विन, २०८३, मंगलबार १८:२६