सामाजिक, शैक्षिक तथा मानविय सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वलाई “राष्ट्रिय सामाजिक सेवा सम्मान २०८३” बाट सम्मान गरिएको छ ।
सगरमाथा प्रतिष्ठान नेपाल (Everest Foundation Nepal) को आयोजना तथा विभिन्न सामाजिक संघ–संस्था एवम् बालगृहहरूको सहकार्यमा काठमाडौंको भृकुटीमण्डपमा आईतबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनिहरुलाई विशेष कदर तथा सम्मान गरेका हुन् ।
कार्यक्रममा जोखिममा परेका तथा असहाय बालबालिकाको संरक्षण, पालनपोषण, शिक्षादीक्षा, आश्रय तथा उनीहरूको समग्र विकासमा निरन्तर खटिँदै आएकी सुनौलो पाइला बाल गृहकी संस्थापक अध्यक्ष रोजिना बिष्टले उक्त विशेष कदर तथा सम्मान पत्र प्राप्त गरेका हुन् ।
राष्ट्रिय बाल दिवस–२०८३ तथा विजया दशमी–२०८३ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी दाहालले लामो समयदेखि बालबालिकाको हित र उनीहरूको उज्ज्वल भविष्य निर्माणमा विष्टले पुर्याएको अतुलनीय योगदानको प्रशंसा समेत गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षक एवम् सल्लाहकार लक्ष्मी किशोर श्रेष्ठ, महासचिव एवम् कार्यक्रम संयोजक भरत ढकाल तथा अध्यक्ष नरबहादुर लिम्बू लगायत विभिन्न सामाजिक संस्थाका प्रतिनिधि तथा अभियन्ताहरूको उपस्थिति थियो ।



न्यूज समय
१९ आश्विन, २०८३, सोमबार १६:३७