नेपाली कांग्रेसको आधिकारीकता विवादमा परेको मुद्धा सुरुबाटै सुनुवाई गर्नेगरि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षलाई सर्वोच्च अदालतले अनुमति दिएपछि कांग्रेस राजनीति तरंगित बनेको छ ।
निर्वाचन आयोगले नेपाली कांग्रेसको नेतृत्व अद्यावधिकमा त्रुटिपूर्ण निर्णय गरेको औल्याउँदै पुनरावलोकनका लागि निस्सा दिएसँगै सभापति गगन थापा पक्षधरहरु अनेक भ्रम फैल्याउनतर्फ लागेको आरोप लागेको छ ।
अदालतलाई थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरुले प्रभाव र दबाबमा पार्नेगरि भ्रामक विचार सम्प्रेषण गर्ने, केन्द्रिय नेतृत्वमा रहेका भनिएकाहरुले नै शीर्ष नेताहहरु विरुद्ध गाली बेईज्यतिमा उत्रने गरेको अर्को पक्षले आरोप लगाएको हो ।
यतिमात्रै होईन आफु अनु्कुलका सञ्चारमाध्यममा प्रायोजित समाचार लेख्न लगाएर देउवा तथा पूर्व महामन्त्री डा. शशांक कोईराला पक्षधर नेताहरुको विरुद्ध लेख्न लगाउन उत्रिएको पनि दाबी गरिएको छ ।
यसका बाबजुद, अदालतले सुरुवाटै मुद्धाको सुनुवाई गर्नेगरि अनुमति दिईरहँदा विशेष महाधिवेशनबाट आएको नेतृत्वले एकलौटीरुपमा महाधिवेशनको प्रक्रिया थाल्न खोज्नुले पनि अदालती प्रक्रियामा दबाब सृजना गर्न खोजेको उनीहरुले आरोप छ ।
विशेष महाधिवेशनबाट आएको भनिएको समितिले एकतर्फीरुपमा महाधिवेशनको घोषणा गरेपछि देउवा पक्षधरले अदालतमा रिट निवेदन दर्ता गरेको छ ।
सोमवार देउवाका तर्फबाट पूर्वमन्त्री दिपक खड्काले महाधिवेशन प्रक्रिया रोक्न माग राख्दै रिट निवेदन दर्ता गराएका हुन् । तर कानूनी लडाईका लागि अदालतमा पेश हुँदा पनि विशेष महाधिवेशन पक्षधरले आफुमाथि सुनियोजित रुपमा समाचार लेखाउन लगाएर बदनामी गर्न खोजेको बताएका छन् ।
केही मिडियाहरुले अदालतमा सेटीङ गराएको जस्तो भ्रामक र कपोकल्पित समाचार लेखेर आफ्नो बदनामी गर्न खोजेको खड्काले बताएका छन् । उनले भनेका छन् “केही मिडियाहरुमा मेराविरुद्ध कपोकल्पित समाचार आएको भन्ने सुनेको छु जुन वास्तवमै पार्टीका झगडीया पक्षधरका तर्फबाट नियोजित षडयन्त्रका रुपमा यो क्रियाकलाप गरेका हुन सक्छन् ।” उनले थप भनेका छन् “आफैँ कानून र अदालतलाई प्रभाव र दबाबमा राख्नका लागि अनेकन फन्दा गर्ने अनि अरुलाई चाहीँ अनेक आरोप लगाएर बदनामी गर्ने । यो अरुबाट हुनै सकदैन त्यही पनि जो जस्को नामसहित समाचारमा मलाई आरोप लगाईएको छ उनीहरुको संग्लग्नता हेरेरै कस्ले परिचालन गरेको छ भन्ने पुष्टि हुन्छ ।”
खड्काले पार्टीमा एकलौटी ढंगले कब्जा गरेर अरुको अपमान गर्न खाज्ने प्रवित्ति बढ्दै गएकोमा चिन्ता पनि व्यक्त गरेका छन् । कब्जाको राजनीति कांग्रेस जस्तो लोकतान्त्रीक पार्टीमा कुसंस्कारको रुपमा मौलाउन थालेको भन्दै खड्काले सम्पूर्ण ईमान्दार, लोकतानित्रक र संस्कारयुक्त कार्यकर्ताको पार्टीका रुपमा जनतामाझ लैजानका लागि पनि आधिकारीकता विवाद अदालतसम्म पुगेको जिकिर गरे ।
यद्यपी अदालतले गर्ने फैसलामा सबैले चित्त बुझाउनुपर्ने भन्दै उनले पार्टीलाई एकतावद्ध बनाउन संवादको वातावरण भने जरुरी रहेको बताए ।
(कांग्रेस नेता दिपक खड्कासँग गरिएको कुराकानीमा आधारीत)


न्यूज समय
८ भाद्र, २०८३, सोमबार ००:००