सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उठेका विषयको जवाफ दिन रुलिङ गरेका छन् ।
प्रतिनिधीसभाको सोमाबार (आज)को बैठकको सुरुमै प्रतिपक्षले सदनमा उठेका विषयको जवाफ माग गर्दै विरोध जनाएपछि सभामुखले प्रधानमन्त्रीलाई त्यसको जवाफ दिन रुलिङ गरेका हुन् ।
प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न उत्तरको माग गर्दै प्रतिपक्षहरुले गरेको विरोध प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सभामुखले सम्माननीय प्रधानमन्त्रीलाई उठेका विषयको जावाफ दिन निर्देशन जारी गरेका हुन् ।
विपक्षीले प्रधानमन्त्री शाहको सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्चाउनुपर्ने माग राख्दै निरन्तर विरोध गर्दै आएका छन् ।
त्यस प्रति स्वमं प्रधानमन्त्री उपश्थिीत भएर नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम विपक्षहरुले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई समाभामुलले रुलिङ गरेका हुन् ।


न्यूज समय
१ भाद्र, २०८३, सोमबार ००:००