सपना मल्लले दिइन् २० दिन बिदाका लागि निवेदन, के गर्लान प्रधानन्यायाधीश शर्माले

न्यूज समय

नयाँ प्रधानन्यायाधीशमा डा मनोज शर्माको नियुक्तिसँगै वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधानले २० दिन बिदा माग गर्दै निवेदन दिएकी छन् । कायममुकायम प्रधानन्यायाधीश खोसिएपछि उनले आज (जेठ६ गते) देखि नै लागू हुने गरी बिदाका लागि निवेदन छोडेकी हुन् ।

वरिष्ठताका आधारमा प्रधानन्यायाधीश बन्ने आशा रहेकी प्रधान संवैधानिक परिषदले शर्मालाई सिफारिस गरेयता असन्तुष्ट छिन् । उनी नयाँ प्रधानन्यायाधीशको शपथ र पदभार ग्रहण कार्यक्रममा पनि सहभागि भइनन् ।

यद्यपि, उनले राजीनामा दिएर हिँड्ने मनस्थिति नबनाएको स्रोत बताउँछ । उनीसँगै वरिष्ठतामा शर्माभन्दा अगाडि रहेका कुमार रेग्मी र हरि फुयाँलले पनि राजीनामा नदिने सम्भावना देखिएको छ ।