देउवा कोईराला निकट काँग्रसको बैठक आव्हान, बैठकमा ६० बढी पूर्व पदाधिकारी सहितका नेता सहभागी

न्यूज समय

नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले डाकेको देउवा निकट काँग्रेसीहरुको भेलामा झण्डै ६० जना निवर्तमान पदाधीकारी तथा केन्द्रीय सदस्यहरु उपश्थित भएका छन् ।
महाराजगन्जको स्मार्ट होटलमा डाकिएको बैठकमा दुई जना प्रदेश सभापति समेत उपश्थित भएको एक नेताले जानकारी दिए ।
१४ औं महाधिबेशनबाट उपसभापतिमा निर्वाचित पूर्ण बहादुर खड्काले कार्यवहाक सभापतिको जिम्मेवारी प्राप्त गरे पछि पार्टीका गतिविधीमा खड्काको सक्रियता झनै बढेको थियो ।

बिशेष महाधिबेशनको आव्हानबाट गगन थापाको नेतृत्वमा काँग्रेसको नयाँ कार्यसमिति चयन भए पछि थापाकै नेतृत्वमा काँग्रेस फागुन २१ म भएको प्रतिनिधीसभा चुनावमा होमिएको थियो ।

तर पार्टी सभापति थापा संगै पार्टीले हार बेहोरे पछि देउवा समुहले थापा नेतृत्वको आलोचना गर्दै आएका छ । आफ्नो समुहले आदिकारिकता पाउनु पर्ने भन्दै देउवा समुहले सर्वोच्च अदालतमा रिट समेत दायर गरेका छन् । सर्वोच्चको फैसला आफुहरुलाई मन्ने हुने भन्दै देउवा समुहका कतिपय नेताहरु फैसलाको प्रतिक्षामा रहेको पनि बताएका छन् ।

आज डाकिएको बैठकमा डा.शेखर कोईराला तथा डा. सशांक कोईराला समुहका नेताहरु सहित देउवा समुहका नेताहरुले छुट्टै भेलाको आयोजना गरेका हुन् । बैठकमा डा. मिनेन्द रिजाल, प्रकाशमान सिंह, विमलेन्द्र निधी, बद्रि पाण्डे, आनन्द प्रसाद ढुंगाना, बलबहादुर के.सी., एनपी साउद लगाएका नेताहरु बैठकमा सहभागी भएका छन् ।

बैठकमा सुदुरपश्चिमका सभापति विरवहादुर बलायर र कर्णाली प्रदेशका प्रदेश सभापति ललितजंग शाह पनि बैठकमा उपश्थित भएका छन् ।

यत पार्टी सभापति गगन थापा सहितको काँग्रसको बैठकले पूर्णबहादुर खड्काले कार्यबहाक सभापतिको रुपमा वैठक आव्हान गरे खड्कालाई साधारण सदस्य पनि नरहेने गरी कारवाही गर्ने चेतावनी दिइसको छ ।