नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले काँग्रेसको १५ औं महाधिवेशनको कार्यतालिका चाँडै ल्याउने बताउका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका महामन्त्री घिमिरेले पार्टीको आउँदो अर्को बैठकले १५ औं महाधिवेशनको मिति तय गर्ने बताएका हुन् ।
पत्रकारहरु संग संक्षिप्त कुरा गर्दै महामन्त्री घिमिरेले पार्टीको अर्को बैठकले महाधिवेशनका बारेमा व्यापक छलफल गर्दै महाधिवेशनको कार्यतालिका ल्याइने बताए ।
चुनावी पराजयको जिम्मेवारी लिदै सभापति गगन कुमार थापाले सभापतिबाट दिएको राजीनामालाई यो बैठकले फिर्ता लिन पनि आग्रह गरिने घिमिरेको भनाई थियो ।
फागुन २१मा सम्पन्न चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा थापालाई नै घोषणा गरेर चुनावमा होमिएको काँग्रेसले प्रत्यक्ष र समानुपातिक गरी जम्मा ३८ सिटमात्र जिते पछि थापालाई नैतिक दवाव परेको थियो ।
प्रधानमन्त्रीका उम्मेदवार आफु स्वमंले हार वेहोरे पछि थापा नैतिकताका आधारमा राजीनामा दिने निर्णयमा पुगेका हुन् ।
पुषमा विशेष महाधिवेशन गरेर थापा नेपाली काँग्रेसको सभापति बनेका थिए ।


न्यूज समय
६ चैत्र, २०८२, शुक्रबार ००:००