नेपाली कांग्रेसले फागुन १७ गते काठमाडौँमा बृहत चुनावी सभा गर्ने जनाएको छ । फागुन ६ गते मधेश प्रदेशको राजधानी जनकपुरधामबाट चुनावी सभा थालेको काँग्रेसले १७ गते काठमाडौंमा बृहत चुनावी सभा गर्ने तय भएको काँग्रेसका प्रवक्ता देवराज चालिसेले बताए ।
शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता चालिसेले काठमाडौंमा हुने सभालाई सभापति गगन थापा, उप–सभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहितका पदाधिकारीले सम्बोधन गर्ने छन् ।
उपत्यकाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू र जिल्लाको नेतृत्व गर्ने नेताहरू बीच भएको छलफलले क्रमैसंग अन्य स्थानमा गर्ने बृहत चुनावी सभाकाबारेमा पनि छलफल गरेको छ । छलफलले कुन कुन स्थानमा कुन मितिमा चुनावी सभा गर्ने भन्ने तय गरेर मिति सार्वजनिक गरिने पनि प्रवक्ता चालिसेले बताए ।
जनकपुरमा पहिलो चुनावी सभा र प्रतिज्ञापत्र सार्वजनिक गरे लगत्तै काँग्रेसले बिहिबार काठमाडौंमा ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ विषयक अन्तक्र्रिया कार्यक्रम समेत गरेको छ । अन्य पार्टी भन्दा फरक र चुनावी घोषणा पत्रको स्थानमा चुनावी प्रतिज्ञापत्र भनेर सार्वजनिक गरेको काँग्रेसको यो रणनीति फरक र जनमुखि देखिएको छ ।
सभापति थापासँग ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ विषयक अन्तक्र्रिया कार्यक्रममा सभापति थापाले जनताले सोधेको प्रश्नको प्रत्यक्ष जिम्मेवार जवाफ दिनुलाई साँच्चिकै काँग्रेस परिवर्तन र जिम्मेवारी भएको प्रतिकृया आएको नेविसंघका पूर्व महामन्त्री तथा युवा नेता मनोजमणी आर्याले बताए ।
“काँग्रेस बदल्यौं अव देश बदल्छौं” भन्ने अभियानका साथ चुनाबमा होमिएको काँग्रेसमा अन्य पार्टीबाट प्रवेश गर्नेको लहर समेत बढेको युवा नेता आचार्यको भनाई छ ।


न्यूज समय
८ फाल्गुन, २०८२, शुक्रबार ००:००