मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गलत सूचना र भ्रामक प्रचारप्रति सचेत रहन आग्रह गरेका छन् ।
नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमितिद्वारा जनकपुरमा आयोजित ‘निर्वाचन विशेष अभियान २०८२’ मधेस प्रदेशस्तरीय रणनीतिक बैठकलाई आज सम्बोधन गदै मुख्यमन्त्री यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने पनि बताए ।
लोकतन्त्र सुदृढीकरणका लागि तथ्यपरक, सन्तुलित र जिम्मेवार पत्रकारितामा जोड दिँदै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा विकास, सुशासन र सामाजिक सद्भाव कायम गर्न सधेश सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा नेपाल युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएकोले निर्वाचनका बेला सत्य र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्न सवै सञ्चारगृह एवं पत्रकारहरुलाई आग्रह गरे ।


न्यूज समय
४ फाल्गुन, २०८२, सोमबार ००:००