युवाको बिचार बोकेर हिडेको छु : काँग्रेसका नेता कोईराला

न्यूज समय

नेपाली कांग्रेसका नेता शेखर कोईरालाले आफुले युवाको बिचार बोकेर हिडेको बताएका छन् । युवाको बिचार बोकेर हिडेको छु नेपाली काँग्रेसका नेता शेखर कोईराला

मोरङ क्षेत्र न.६बाट प्रतिनिधी सभा उम्मेदवार रहेका कोईरालाले बर्तमान आवस्थामा युवको प्रतिनिधित्वलाई सुनिश्चित गर्न तीनै तहका चुनावमा युवालाई अघि बढाउनु पर्ने धारणा राखेका छन् ।

काँग्रेसले स्थानीय चुनावमा ४० प्रतिशत, प्रदेशमा ३० र संघीय चुनावमा २० प्रतिशत युवालाई टिकट दिनु पर्ने आफुले भन्दै आएको बताउँदै कोईरालाले विचारले मानिसलाई युवा बनाउने भएकाले बिचार र सिद्धान्तमा सधै अडिक रहनु पर्ने पनि कोईरालाले तर्क गरे ।

काँग्रेसको मुख्य एजेण्डा भनेको भ्रष्टाचार मुक्त समाज निर्माण गर्दै सुशासनद्वारा विकासको काम गर्ने भएको पनि नेता काईरालाले बताए ।