मधेस प्रदेशमा थपिएका ६ जना मन्त्रीले सपथग्रहण गरे, मन्त्रीपरिषदले पूर्णता पायो

न्यूज समय

नवनियुक्त मधेस प्रदेशका ६ जना मन्त्रीहरुले बुधबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ समक्ष पद तथा गोपनीयताको शपथ खाएका छन् ।
मुख्यमन्त्री कृष्ण प्रसाद यादवले तेस्रो पटक प्रदेश मन्त्रीपरिषद विस्तार गरे संगै मधेस प्रदेशको १२ सदस्यीय मन्त्रीपरिषदले पूर्णता पाएको छ ।
नवनियुक्त मन्त्रीहरू मनिष सुमनले श्रम तथा यातायात, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास, शंकरप्रसाद चौधरीले वन तथा वातावरण, श्यामप्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका छन् ।
त्यस्तै वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण र फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रीको जिम्मेवारी दिईएको प्रदेश प्रमुख सचिवालयले छ ।