राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मयर बालेन साह बीच आईतबार विहानै बृहत सहमति पत्रमा हस्ताक्षर भयो । आउदो फागुन २१ गते तोकिएको चुनावलाई मध्यनजर गरेर लामिछाने र रवि विच संगै मिलेर अगाडी बढ्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको हो ।
बरियतामा रवि पहिलो र बालेन दास्रो नम्बरमा रहने गरी भएको सहमतिमा निर्मित खाकाले बालेनलाई संसदिय दनलको नेता सहित अवको प्रधानमन्त्रीका रुपमा उभ्याउने गरी सहमति बनेको छ ।
दुई नेता बीचको सहमतिमा पार्टीको सभापतिमा रवि लामिछाने, नाम राष्ट्रिय स्वतन्त्र पार्टी र निर्वाचन चिन्ह घन्टी नै राखि चुनावमा होमिने गरी सहमति बनेको बताईएको छ ।
दुवै नेताहरु मिलेर गरेको सहमति अनुसार पहिलो चरणमा बालेनका तर्फबाट केन्द्रीय सदस्यहरु थपेर निर्वाचन आयोगमा अध्यावधिक गर्ने कार्य तयारी भएको स्रोतले बतायो ।
यो एकता पश्च्यात पार्टीको संगठनात्मक संरचनालाई फराकिलो बनाउने, युवा अभियानीहरुलाई तथा अनुभवि र विज्ञहरुलाई समेटेर पार्टीलाई बृहत बनाएर लैजाने पनि दुई बीच भद्र सहमति बनेको छ ।
जेन–जी आन्दोलन पछि उत्पन्न राजनीतिक अवस्थालाई आँकलन गर्दै बनेको यो सहमतिमा कुलमान लगाएतका अन्य शक्तिहरु पनि समाहित गर्ने चर्चा चलिरहेका बेला पुराना राजनीतिक दलमा भने क्लीन स्वीपको डरले खैलाबैला मच्चिन थालेको छ ।
परिवर्तन चाहने नेपाली, नयाँ शक्ति एवं युवाहरुको काँधमा देश जाने संकेत देखिए पछि पुराना दलहरुमा पनि चुनावी एकता र सहकार्यको बहस उठन थालेको हो ।
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले यो अवस्थालाई रोक्न संविधान, लोकतन्त्रका पक्षधर तथा देशभक्त शक्तिहरु एकजुट भएर अगाडी बढाउनु पर्ने अवश्यकता रहेको विचार व्यक्त गरेका छन् ।
बिज्ञहरु पनि यस्ता सहमति अपरिपक्व, अुनभावहित हुने भएकाले गम्भिर भएर सोच्नै पर्ने बेला आएको पनि बताएका छन् ।


न्यूज समय
१३ पुस, २०८२, आईतबार ००:००