नियमित हुन नसके विशेष महाधिवेशन गरेर भए पनि निर्वाचनमा भाग लिनु पर्छ : महामन्त्री थापा

न्यूज समय

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशनलाई टार्नका लागि पार्टीको केन्द्रीय समितिको बैठकलाई लम्ब्याइएको हुन सक्ने बताएका छन् ।

काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सोमबार सम्बोधन गदै नेता थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर मात्र निर्वाचनमा भाग लिनुपर्ने बताएका हुन् ।

काँग्रेसको नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर भए पनि प्रतिनिधीसभाको निर्वाचनमा काँग्रेसले भाग लिनुपर्ने बताएका हुन् ।
बदलिएको कांग्रेसले देश बदल्न सक्ने भएकाले १५औँ महाधिवेशन चाँडो सम्पन्न गर्नुपर्ने भन्दै नेता थापाले संविधान कार्यान्वयन र सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसको काँधमा आएको पनि बताए ।

नागरिकमा भएको असन्तुष्टि र रीस जेनजी आन्दोलनले देखाएको भन्दै महामन्त्री थापाले जेनजीको मर्म र भावनाअनुसार दलहरु सच्चिएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।

फागुन २१ मा निर्वाचन नभए देश अनिश्चिततातर्फ धकेलिन सक्ने आँकलन गर्दै त्यसबाट देशलाई बताउनु पर्ने पनि नेता थापाको भनाई थियो ।