मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
सात दलीय गठबन्धनको सहयोगमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादव मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
यादवलाई सात दल अन्तरगत काङ्ग्रेस जसपा नेपाल जनमत नेकपा माओवादी केन्द्र लोसपा र एकीकृत समाजवादीका ७७ जना सांसदको समर्थन रहेको छ ।
गत कार्तिक २३ गते संविधानको धारा १६८ को ३ बमोजिम एमालेका सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट गरेका थियो ।
उक्त रिटमा सुनुवाई गर्दे सर्वोच्च अदालतले यहि मङ्सिर १५ गते २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन दिएको आदेशमा मत पाउने सम्भावना नदेखिए पछि यादवले राजिनामा दिएका थिए ।


न्यूज समय
१९ मंसिर, २०८२, शुक्रबार ००:००