नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) केन्द्रीय ‘कमाण्ड’ गठन गरेको छ ।
एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा पुष्पराज श्रेष्ठको संयोजक रहेको एघार सदस्यीय टोली गठन गरिएको हो ।
एमालेका अध्यक्ष केपी ओलीको उपश्थितिमा सातै प्रदेशका प्रतिनिधित्व रहने गरी फोर्स गठन गरिएको एमाले स्रोतले बतायो ।
फोर्सको सहसंयोजकसहित केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले रहेका छन् ।
फोर्सले सामाजिक सुरक्षाका लागि काम गर्ने एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले बताए ।
नेकपा एमालेको बारामा हुने कार्यक्रम जेनजी समुहद्वारा विथोलिए लगतै पार्टीका नेता तथा अभियानलाई सुरक्षा दिन फोर्स गठन गरिएको हुन सक्के आँकलन गरिएको छ ।
फोर्स गठन संगै मुलुकमा मुडभेडको स्थीति सृजना हुनसक्ने खतरा बढ्दै गएको छ ।


न्यूज समय
५ मंसिर, २०८२, शुक्रबार ००:००