मुख्यमन्त्री नियुिक्तको विरोधमा उत्रेका विपक्षी राजनीतिक दलका कार्यकर्ताले मधेश प्रदेशका विभिन्न मन्त्रालयमा तोडफोड गरेका छन् ।
मधेस प्रदेशको नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभारग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै विपक्षी राजनीतिक दलका कार्यकर्ता विरोध सहित तोडफेडमा उत्रिएका हुन् ।
उहिरुले विभिन्न मन्त्रालयका फर्निचर लगाएतका सामान तोडफेड गर्नुका साथै मन्त्रालयहरुमा समेत तालाबन्दी गरेको प्रत्यक्षदर्सीले बताएका छन् ।
प्रदर्शनकारीहरुले प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र नवनियुक्त मुख्यमन्त्री यादवको विरोधमा नाराबाजी एवमं सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
मधेस प्रदेश प्रमुख भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश संसदीय दलका नेता यादवलाई सोमबार विहान मुख्यमन्त्री पदमा नियुक्त गरेकि थिईन् ।


न्यूज समय
२४ कार्तिक, २०८२, सोमबार ००:००