गोपाल किराँती ८ बर्ष पछि फर्किए पुरानै माउपार्टी माओवादी केन्द्रमा

न्यूज समय

माओवादी केन्द्र परित्याग गरी आफ्नै मोर्चा बनाएका गोपाल किराँती अन्ततः माओवादी केन्द्रमै फर्किएका छन् ।

पार्टी परित्याग गरी देशभक्त समाजवादी मोर्चा गठन गरेर फरक विचार राख्दै आएका किराँती झण्डै आठ बर्ष पनि पुनः माओबादी केन्द्रमै फर्किएका हुन् ।

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष रहेका किराँतीले सोमबार पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरे संगै किराँतीले आफु पुनः माओवादी केन्द्रमा फर्किएको बताए ।

मुलुकको पछिल्लो परिस्थितिलाई सही दिशा दिन क्रान्तिकारीबीच एकता र ध्रुवीकरण अनिवार्य भएको भन्दै देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रबारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने सहमति सहित एकता गरिएको नेताहरुले बताएका छन् ।

तत्कालीन अवस्थामा माओवादी केन्द्र र एमाले बीचको एकताप्रति असन्तुष्टि देखाउँदै नेता किराँतीले माओवादी केन्द्र परित्याग गरी देशभक्त समाजवादी मोर्चा गठन गरेका थिए ।