अन्तरिम मन्त्रीपरिषद विस्तार संगै प्रधानमन्त्री शुसिला कार्कीले डाकेको पहिलो मन्त्रीपरिषदको बैठक केही बेर अघि देखी सुरु भएको छ ।
सिंहदरवारमा सुरु भएको बैठकमा नव नियुक्त गृहमन्त्री ओमप्रकाश अर्याल, उर्जा मन्त्री कुलमा घिसिङ तथा अर्थमन्त्री रामेश्वर खनाल सहभागी छन् ।
बैठकमा जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका तथा आन्दोलनका क्रममा भएको भौतिक संरचनाको क्षति लगाएत समग्र मुलुकको स्थीतिका बारेमा छलफल हुने छ ।
गएको २७ गते प्रधानमन्त्री नियुक्त भएकी शुसिला कार्कीको सिफारिषमा आज राष्ट्रपति रामचन्द्र पौडेलले ३ जना मन्त्रीलाई नियुक्त गरेका थिए ।
नवनियुक्त मन्त्रीहरुले आजै पदबाहल गर्दै प्रधानमन्त्रीमा रहेका मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् ।
नवनियुक्त मन्त्री रामेश्वर खनालले अर्थमन्त्रालय सम्हालेका छन् । समाजमा स्वच्छ छवि बनाएका खनाल अर्थ सचिव हुँदा तात्कालिन अर्थमन्त्री संगको ठसलले सचिवबाट राजिनामा दिएका थिए । उनि अर्थ विज्ञका रुपमा चिनिन्छन् ।
त्यस्तै कुलमान घिसिङले उर्जा, जलस्रोत तथा सिंचाईं, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । घिसिङ नेपाललाई लोडसेडिङ मुक्त बनाउने कुसल प्रशासकका रुपमा आफ्नो छवि बनाएका व्यक्ति हुन् ।
त्यस्तै ओम प्रकाश अर्याललाई गृह, कानुन न्याय तथा संसदिय मामिला मन्त्रालयको जिम्मा दिईएको छ । उनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका कानुनि सल्लाहकार हुन् ।
न्यूज समय
३० भाद्र, २०८२, सोमबार ००:००