प्रतिनिधि सभा अन्र्तगतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ ।
सभामुख देवराज घिमिरेले राजनीतिक दलसंग गरेको छलफल अनुसार यही भदौ ११ गते निर्वाचन हुने गरी व्यवस्था मिलाईएको हो ।
निजामती सेवा विधेयकको कुलिङ पिरियड प्रतिनिधी सभाबाट पास गर्दा केही बुँदाहरुमा भएको गडबडीमा छानविन समितिले सभापति रामहरी खतिवडालाई नैतिक जिम्मेवारी ठहराए पछि उनले साउन २८ गते राजीनामा दिएका थिए ।
उनको राजीनमा संगै खालि भएको समापति पदको निर्वाचन १५ दिन भित्र गरिसक्नु पर्ने संवैधानिक प्रावधान अनुसार निर्वाचन तालिका तोकिएको हो ।
यस अघि नेपाली काँग्रेसको भागमा परेको राज्य व्यवस्था समितिको सभापतिमा यस पटको निर्वाचनमा नेपाली काँग्रेसका ४ जना सांसद आकांक्षि देखिएका छन् ।
स्रोतका अनुसार नेपाली काँग्रेसबाट सांसद दिलेन्द्र प्रसाद वढू, सरिता प्रसाईं, हृदयराम थानी र अम्विका बस्नेत आकांक्षि देखिएका छन् ।
काँग्रेसले यि ४ मध्य कस्लाई उम्मेदवार वनाउने अझै टुंगोलागि नसकेको बताएको छ । आन्तिरिक छलफलमा रहेको काँग्रेसले भोलि सम्मका कस्लाई उम्मेदवार बनाउने आदिकारीक निर्णय गरेर पठाए त्यसलाई सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले पनि समर्थन गर्ने संकेत दिईसकेको नेताहरुको भनाई छ ।
न्यूज समय
९ भाद्र, २०८२, सोमबार ००:००