संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्ने बताएका छन् । भक्तपुरको सानोथिमिस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित ‘विद्यालय योग शिक्षा’ एवं ‘विद्यालय शिक्षक केन्द्रीय योग उत्प्रेरक’ तालिमको विहिबार उद्घाटन गर्दै उनले योग स्वास्थ्यका दृष्टिकोणले प्रभावकारी विधि भएकाले विद्यालय तहसम्म योग शिक्षा पुर्याउनुपर्ने धारणा राखे ।
मन्त्री पाण्डेले भक्तपरबाट सुरु भएको विद्यालय योग कार्यक्रमलाई ७७ वटै जिल्लामा विस्तार गर्दै शिक्षक, विद्यार्थी एवं युवा वर्गलाई योगमा केन्द्रित गराउनुपर्ने बताए ।
मन्त्री पाण्डेले भौतिक र अभौतिक सन्तुलन स्थापित गरेर योग साधनालाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले मानव सभ्यतालाई उचित मार्गमा लैजान योगलाई फैलाउनु आवश्यक रहेको बताए । धार्मिक ज्ञान र विज्ञानबीचको सन्तुलनलाई मन र शरीरसँग जोडेर लान सके समुन्नत समाजको निर्माण हुने उनको धारणा छ ।
न्यूज समय
१२ असार, २०८२, बिहीबार ००:००