सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदित

न्यूज समय


सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा न्यायाधीश डा। मनोजकुमार शर्मा सर्वसम्मत अनुमोदित भएका छन् ।

संसदीय सुनुवाइ समितिले मंगलबार सुनुवाइ गर्दै शर्मालाई भावी प्रधानन्यायाधीशमा अनुमोदन गरेको सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।

सुनुवाइ समितिबाट अनुमोदन भएसँगै शर्मालाई अब राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्त गर्नेछन् । शर्माको सपथ पनि आजै राष्ट्रपति निवास शीतल निवासमा हुने तयारी छ ।