श्रम संस्कृति पार्टीले संदन भित्रै विरोध प्रर्दशन गरेको छ । आज सोमबारको प्रतिनिधिसभाको बैठकमा सो पार्टीका सांसदहरूले सदन भित्रै विरोध प्रर्दशन गरेका हुन् । उनीहरू बैठकमा विभिन्न नारा लेखिएका पर्चा प्रर्दशन गरेका छन् ।
प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ, प्रश्नदेखि भाग्न पाइदैन, जनमतलाई सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय जिम्मेवारी वहन गर जस्ता नारा लेखिएका पर्चा प्रर्दशन गरेका छन् । केहीबेर पर्चा देखाएपछि उनीहरू आसनमा फर्किए । यद्यपि, पर्चा छातीमा टाँसेर बसेका छन् ।
सभामुख डोलप्रसाद अर्यालले यसरी पर्चा देखाउने अभ्यास नरहेको भन्दै यो मर्यादित नहुने टिप्पणी गरे । आगामी दिनमा यस्तो कार्य नगर्न उनले चेतावनी दिएका छन् ।


न्यूज समय
४ जेष्ठ, २०८३, सोमबार ००:००