नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेश सरकार छिट्टै परिवर्तन हुने संकेत गरेका छन् ।
पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा शुक्रबार पत्रकारहरूसँग कुरा गदै सभापति देउवाले मधेश सरकारको अव कांग्रेसले नेतृत्व गर्ने पनि बताएका छन् ।
पूर्व सहमति अनुसार आलोपालो सरकार सञ्चालन गर्ने भन्ने भावना अनुरुप मधेशमा अव छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने उनले बताए ।
सभापति देउवाले यस विषयमा चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिने र सोही बमोजिम सरकारको नेतृत्व काँग्रेसले लिने पनि बताए ।
त्यस अवसरमा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
न्यूज समय
२३ जेष्ठ, २०८२, शुक्रबार ००:००