हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि विरगञ्जमा हिजोदेखि जारी कर्फ्यू आदेश आज दिउँसो १२ बजेसम्म रहने छ । जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ ६ वजेदेखि आज दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि कर्फ्यू आदेश जारी गरिएको बताएका हुन्। कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको छ।
जसअनुसार पूर्वः भेडियाही चौक( वीरगञ्ज महानगरपालिका–१५, पश्चिमः सिर्सिया पुल(वीरगञ्ज महानगरपालिका-२५ सम्म कफ्र्यू आदेश जारी गरिएको हो। यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका–१४ सम्म कर्फ्यू आदेश जारी गरेको छ। यसैगरी, दक्षिणतर्फ शङ्कराचार्य गेट– वीरगञ्ज महानगरपालिका–१६ सम्म कर्फ्यू आदेश कायम रहने प्रशासनले जनाएको छ।
न्यूज समय
३१ चैत्र, २०८१, आईतबार ००:००