राष्ट्रिय उपलब्धि हासिल गर्न सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्छ : प्रधानमन्त्री ओली

न्यूज समय


प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय उपलब्धि हासिल गर्न सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि निजी क्षेत्र कम्मर कसेर आत्मविश्वासका साथ लागेकाले त्यसलाई सरकार सघाउन तयार रहेको बताए ।

प्रधानन्त्री ओलीले भने हामी सबै मिलेर हाम्रो देश हामी आफैले बनाउनुपर्छ । तीव्र गतिमा विकास गर्नुपर्छ । हामीले स्वदेशी वस्तुको प्रयोगलाई बढाएर लाँदा गर्व महसुस गर्नुपर्छ” । यो सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको हो ।

प्रधानमान्त्री ओलीले जनतालाई सेवा र सुविधा दिनका लागि विद्यमान प्रणाली स्थापना भएको र अहिलेको सरकारले यस प्रणालीलाई बलियो बनाउँदै ठुला उत्पादन र उत्पादकत्व बढाउन अग्रसर रहेको बताए ।

साथै उनले निजी क्षेत्रले दिएका सुझावका आधारमा सरकारले नीति र कानुन बनाउँदै आएको र आगामी दिनमा पनि निजी क्षेत्रको विकास र कार्य सहजताकालागि हातेमालो गर्दै मुलुकलाई समृद्ध बनाउँदै लैजानेमा आफु विश्वस्त रहेको प्रतिकृया दिए ।
अवसरमा बढी कर तिर्ने क्षेत्रगत कम्पनी र महासङ्घका उत्कृष्ठ प्रदेश र जिल्ला समितिलाई सम्मान गरिएको थियो ।