केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल

न्यूज समय

ललितपुर । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई विभागीय टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब तथा केपी ओली फुटबल क्लब र न्यूरोड टिम एनआरटी बीच प्रतिस्पर्धा हुनेछ।

विहान साढे ११ बजे हुने खेलमा आर्मी र नेपाल पुलिस क्लब तथा दिउँसो ३ बजे एन्फा कम्प्लेक्समै हुने खेलमा केपी ओली फुटबल क्लब र न्यूरोड टिम एनआरटी भिड्नेछन् ।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा हिजो सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ।

एपीएफले उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको हो।

फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले १५ लाख ११ हजार १ सय ११ र उपबिजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा विधागत विजेतालाई जनही ५० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ।