शान्ति, सुशासन, विकास र समृद्धिका लागि वर्तमान सत्ता समीकरण निर्माण भएको हो : गृहमन्त्री लेखक

न्यूज समय

हेटौडा । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि वर्तमान सत्ता समीकरण निर्माण भएको बताएका छन् । हेटौंडामा आयोजित दोस्रो निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठुला दलका गठबन्धनको सरकारले व्यवसायी वातावरण सुनिश्चित गर्ने गरी अघि बढेको बताए ।

सेवा प्रवाहमा रहेका कानुनी जटिलता हटाएर नागरिकको पक्षमा काम गर्न सरकार प्रयत्नरत रहेको उनको भनाइ थियो । गृहमन्त्री लेखकले सरकारले व्यवसायीक वातावरण तयार गर्न अध्यादेश ल्याएको र त्यसलाई संसदबाट पारित गरेर कार्यान्वयन गर्नेतर्फ अघि बढीरहेको बताए । देश विकास निर्माणको क्षत्रमा निर्माण व्यवसायीको महत्वपूर्ण भुमिका रहेको उनले बताए ।

उनले भने–‘निर्माण व्यवसायीको बक्यौता रकम समयमा भुक्तानी दिन नसकेको देशभरिबाट गुनासो छ । अहिले पुराना बक्यौताहरु सरकारले भुक्तानी दिन सुरु गरेको छ । तपाईहरु आफ्नो काममा अगाडि बढ्नुस् सरकारले बाँकी बक्यौता भुक्तानी गर्छ त्यसको सुनिश्चितामा म गर्छु ।’