काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको राजधानी बैंक प्रस्थान गरेकी छन् । सचिवालयका अनुसार हिपको समस्यासँग जुधिरहेकी भण्डारी नियमित परीक्षणका लागि त्यसतर्फ गएकी हुन् । उनी सात दिनमा फर्किर्ने कार्यतालिका रहेको छ ।
पूर्वराष्ट्रपति भण्डारीसँग उनकी छोरी उषाकिरण पनि साथमा छन् । भ्रमण दलमा निजी सहयोगी र सुरक्षा अधिकृत रहेका छन् । भण्डारीसहित ५ जनाको टोली नेपाल एयरलाइन्सको उडान नम्बर आरए–४०१ बाट बिहान ११ बजेर ३८ मिनेटमा बैंकक प्रस्थान गरेकी हुन् । भण्डारीला बैंककका लागि बिदा गर्ने क्रममा एमालेका केही नेताहरू पनि विमानस्थलको भीआईपी कक्षमा पुगेका थिए ।
एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, काशीनाथ अधिकारी, एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारी, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र अनेरास्ववियुका अध्यक्ष समिक बडालसहित भण्डारीलाई बिदाइ गर्न विमानस्थलमा देखिए ।
न्यूज समय
५ फाल्गुन, २०८१, सोमबार ००:००