सरकार जलवायुमैत्री कृषि, नविकरणीय ऊर्जा र दिगो वन व्यवस्थापनमा लगानी वृद्धि गर्न लागेको छ : मन्त्री शाही

न्यूज समय

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले किसानका लागि जलवायु सम्बन्धी कोषहरु, सहुलियतपूर्ण ऋण तथा प्रोत्साहनमा आधारित प्रणालीहरुको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आइतबार सहारा नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै निजी क्षेत्रलाई दिगो कृषि, व्यवसायहरुमा लगानी गर्न उत्प्रेरित गर्नु र सार्वजनिक निजी समुदायको साझेदारीको प्रवद्र्धन गर्नु उत्तिकै आवश्यक रहेको बताए।

उनले जलवायुमैत्री कृषि, नविकरणीय ऊर्जा र दिगो वन व्यवस्थापनमा लगानी वृद्धि गर्न सरकारले विभिन्न कदम चालिरहेको बताए । उनले सरकार, निजी क्षेत्र र विकास साझेदारहरुको सहकार्यमा नवप्रवद्र्धनात्मक समाधानहरु अघि बढाउन सार्वजनिक र निजी पुँजी परिचालन गर्नु अति आवश्यक भएको बताए।नेपाललाई जलवायु परिवर्तनको माध्यमबाट र जलवायु परिवर्तनको प्रभावबाट जोगाउन, प्रभावकारी उपायहरुमध्ये पुनःउत्पादक बागवानी एक महत्वपूर्ण उपाय भएको बताए।

मन्त्री शाहीले नेपालको अर्थतन्त्रको मेरुदण्ड नै कृषि भएकाले यसले दिगो र पुनर्उत्पादक कृषि अभ्यासहरुलाई अंगीकार गर्नु अपरिहार्य रहेको बताए। मन्त्री ठकुरीले बजार पहुँच विस्तार गर्नु, जलवायुमैत्री प्रविधिहरुको प्रवद्र्धन गर्नु र अनुसन्धान तथा बिस्तार सेवाहरुका लागि लगानी वृद्धि गर्नु अनिवार्य रहेको बताए।