बालक अपहरण गरेको घटनामा ललितपुरबाट एक भियतनामी नागरिक पक्राउ

न्यूज समय


काठमाडौँ । ललितपुर महानगरपालिका–१२ स्थित पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको घटनामा एक भियतनामी नागरिक पक्राउ परेका छन्। प्रहरीले भियतनामी नागरिक माई होङ्ग किन्हालनलाई पक्राउ गरेको जनाएको छ। बिहीबार जिरे भन्ने पल चेपाङ अपहरणमा परेको भनेर उनकी आमाले प्रहरीलाई उजुरी गरेकी थिइन् ।

बालकलाई कलंकीस्थित मेचि गेष्ट हाउसबाट प्रहरीले उद्धार गरेको थियो। बालकलाई पञ्जाल लैजाने तयारी रहेको खुलेको छ । पक्राउ परेका ती भियतनामी नागरिकमाथि अनुसन्धान गर्दा उक्त विषय खुलेको हो। त्यसका लागि बसको टिकटसमेत काटिएको र पञ्जाबमा राख्ने व्यवस्था समेत पाइएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका २३ वर्षीय भियतनामी नागरिक २७ डिसेम्बर २०२३ मा नेपाल आएको खुलेको प्रहरीको भनाइ छ । ११ दिन नेपाल बसेपछि उनी भारतको नयाँ दिल्ली गएका थिए । २७ अप्रिल २०२४ मा भारतको पञ्जाबबाट सडकमार्ग हुँदै उनी फेरि नेपाल आएर बसोबास गरेको अनुसन्धानबाट खुलेको हो ।