लम्सीफेदीका आन्दोलनकारी र जनप्रतिनिधिसँग वार्तामार्फत निकास निकाल्न सांसद गौतमको माग

न्यूज समय

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले काठमाडौंको विद्युत सवसटेशन बनाउन लागेको विरुद्धमा आन्दोलनरत लम्सीफेदीका आन्दोलनकारी र जनप्रतिनिधिसँग वार्तामार्फत निकास निकाल्न माग गरेकी छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले बस्तीबीचबाट लगिएको विद्युत् सबस्टेसनले जनताको उठीवास हुने बताइन् । उनले प्रशस्त विकल्पहरू हुँदाहुँदै पनि मानव बस्तीबीचबाट लगिएको सबस्टेसनले त्यहाँका जनता उठीवास हुने अवस्थामा पुगेको बताइन् ।

उनले राज्यले नै अन्याय गरेको महसुस गरेकाले त्यहाँका जनताहरूले आन्दोलन थालेको बताउँदै प्रशासन र नागरिकबीच भएको द्वन्द्वले त्यस क्षेत्र रणभूमिमा नै परिणत भइरहेको पनि बताइन् ।
उनले जनताको भावनालाई बुझ्ने कोसिस नगरी बल प्रयोग गरी गरिने विकास कार्यले कसरी राहत दिन सक्छ ? भन्दै प्रश्न गरिन् ।