काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले गाजालाई कब्जामा लिएर पुनर्निमाण गर्ने विषयमा सोचिरहेको बताएका छन् । अमेरिका भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले यस्तो बताएका हुन् ।
ट्रम्पले गाजालाई नियन्त्रणमा लिएर अमेरिकाले गाजामा रहेका खतरनाक बम र अन्य हतियारहरू हटाएर भत्किएका भवन सफा गर्न सक्ने बताए ।
अमेरिकाले असीमित रोजगारी र आवास सिर्जना गर्ने आर्थिक विकास गर्न सक्ने उनको भनाइ छ । उनले गाजामा भएको विनाशका कारण प्यालेस्टिनीहरूसँग छोड्नुको विकल्प नरहेको बताए । उनले जोर्डन र इजिप्टले द्वन्द्वपीडित प्यालेस्टिनीलाई आश्रय दिनुपर्ने सुझाव पनि दिएका छन् ।
न्यूज समय
२३ माघ, २०८१, बुधबार ००:००