चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी मुद्दा दर्ता भएको भोलीपल्टै अदालत पुगेका हुन् । उनको आजै अदालती बयानको तयारी छ ।
यसअघि पोखरा, काठमाडौं र बुटवलमा धरौटीमा रिहा भएका लामिछानेलाई चितवनमा साहारा सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएको छ । मंगलबार साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । मुद्दामा लाछानेसहित १५ जनालाई विपक्षी बनाइएको छ ।
लामिछाने १३ माघमा रूपन्देही जिल्ला अदालतको आदेशपछि एक करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए । लामिछाने पहिलोपटक गत कात्तिक २ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका थिए । उनी २५ पुसमा कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । यस्तै, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा उनी ६० लाख रुपैयाँ धरौटीमा माघ २ गते रिहा भएका थिए ।
न्यूज समय
२३ माघ, २०८१, बुधबार ००:००