पत्रकार बोहरामाथि भएको आक्रमणको महासंघद्वारा भ्रत्सना

न्यूज समय

पालिका समय डटकम अनलाईनका अध्यक्ष एवं कार्यकारी सम्पादक कमल बहादुर बोहरा माथि भएको सांघातिक आक्रमणको नेपाल पत्रकार महासंघले भ्रत्सना गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित जारी विज्ञप्तीमा समाचार लेखेको विषयलाई लिएर पत्रकार माथि आक्रमण गर्नु प्रेस स्वतन्त्रता विरोधी कदम भएको उल्लेख छ ।

पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य समेत रहेका बोहरालाई आक्रमण गर्नेको तत्काल खोजि गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा थप गंभिरहुन समेत महासंघले सम्वन्धित निकाएको ध्यानार्कषण समेत गराएको छ ।

यस अघि पत्रकार महासंघ काठमाडौं शाखाले पनि पत्रकार बोहरा माथि अज्ञात समुहले गरेको आक्रमणको बिज्ञप्ती मार्फत भ्रत्सना गरिसकेको छ ।

बोहरालाई सोमबार बेलुका काठमाडौंको मध्यबानेश्वरमा अज्ञात समुहले आक्रमण गरेको थियो ।