काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सिद्धान्त नदिका दुई किनारा जस्ता भएका कांग्रेस र कम्युनिष्टले मिलेर चुनाव लड्ने मिलेर सरकार बनाउने गरेर खिचडी जस्तो राजनीतिक गरेको टिप्पणी गरेका छन् ।
आइतबार राष्ट्रियसभाको बिशेष समयमा बोल्दै गौतमले मुलुकलाई खिचडी राजनीति नचाहिने भएकाले यसलाई बहिष्कार गर्नुपर्ने धारणा राखे ।
हरेक पार्टीले स्वतन्त्र ढंगले जनताको बिचमा जाने र त्यसका आधारमा संगठन निर्माण गरेर देखाउनुपर्ने उनको भनाइ छ । गौतमले अहिले अध्यादेश नै राजनीतिक माहोल बनेको तर आफु अध्यादेशको पक्ष वा बिपक्षमा नरहेको जिकिर गरे ।
अध्यादेश जारी गर्दा बिपक्षीलाई पनि विश्वासमा लिनु उचित हुने उनले बताए । गौतमले राष्ट्रलाई लोकतन्त्रमा आधारित समृद्ध समाजवाद आवश्यक रहेको भन्दै यस दिशातर्फ सत्तापक्ष र प्रतिपक्ष कसैको ध्यान नरहेको धारणा राखे ।
न्यूज समय
२० माघ, २०८१, आईतबार ००:००