काठमाडौं । उद्योगपति शेखर गोल्छाले नेपाली चलचित्रबाट मौलिकता हराएकोप्रति चिन्ता व्यक्त गर्दै मौलिकता, व्यवसायिकता कायम राख्न र कर्पोरेट संस्कृति सिर्जना गर्ने उद्देश्यले आफू चलचित्र निर्माणमा आएको बताए ।
आफूले निर्माण गर्न लागेको फिल्म ‘परान’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हाम्रो मुभीमा पनि हाम्रो मौलिकता हराएको जस्तो लाग्छ । त्यो मौलिकता आउनुपर्छ । हामीले अरूको संस्कृतिलाई त्यसरी नै नक्कल गर्ने हो भने हाम्रो मौलिकता रहन्छ जस्तो लाग्दैन ।’
उनले कलाकार एउटा प्रणालीमा आबद्ध होऊन, समयमा भुक्तानी पाऊन र कर लगायतका विषय पारदर्शी होस् भन्ने आफ्नो चाहना समेत रहेको बताए । उनले चलचित्र निर्माण गर्नुको व्यवसायिक कारण मात्र होइन नेपाली चलचित्रले कुनै न कुनै तरिकाले भोलि मौलिकता पनि पाओस र एउटा कर्पोरेट कल्चर पनि आओस् भन्ने हेतुले चलचित्रमा लगानी गरेको स्पष्ट पारे ।
न्यूज समय
१० माघ, २०८१, बिहीबार ००:००