काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । उनी स्वास्थ्यमा समस्या देखिएका कारण सशस्त्र प्रहरी बल नेपालको २४ औं स्थापना दिवसको कार्यक्रममा प्रमुख अतिथि हुने कार्यक्रम उपस्थित भएनन् ।
वालुवाटार स्रोतका अनुसार घाटीमा समस्या देखिएपछि आजका लागि तय भएका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ । ओलीले अहिले बालुवाटारमै आराम गरिरहेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।
एमाले अध्यक्षसमेत रहेका ओली मंगलबार साँझ पार्टी सचिवालय बैठकमा सहभागी भएका थिए। चिसोका कारण उनको घाटीमा समस्या आएको हुन सक्ने सचिवालय स्रोतले बतायो ।
न्यूज समय
९ माघ, २०८१, बुधबार ००:००