काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार १ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्यवृद्धिसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार रुपैयाँ कायम थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर १ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
न्यूज समय
८ माघ, २०८१, मंगलबार ००:००