प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङका बीचमा भेटवार्ता, राष्ट्रपति सीसँग पनि आजै भेटवार्ता
- १८ मंसिर, २०८१, मंगलवार १०:०६
- मुख्य समाचार
- न्यूज समय
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङका बीचमा भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।
दुवै प्रधानमन्त्रीले भेटवार्तामा रहेका आ– आफ्नो टोलीका सदस्यहरूको परिचय गराएपनि दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसपछि हस्ताक्षर समारोह हुनेछ ।
प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मंसिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ आइपुगेका हुन् ।