५ आश्विन २०८१, शनिबार  |  21 September 2024,Saturday
Ad

नागढुंगा नौविसे सडक अबरुद्ध, लगातार पहिरोका कारण सडक खुलाउन समस्या

नागढुंगा चेकप्वाईट देखि झण्डै ३ सय मिटर पर पहिरो खस्दा नागढुंगा नौविसे सडक खण्ड अवरुद्ध भएको छ ।

अविरल बर्षाका कारण बुधबार बिहान झण्डै पौने ११ बजे नागढुंगास्थित चेकपोइन्टबाट ३ सय मिटर पर पहिरो खसेर दुई तर्फी सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रभाग नागढुंगाका अनुसार अविरल पानी परिरहेको र पहिरो खस्नेक्रम नरोकिएकोले पहिरो पन्छाई बाटो खुलाउन समस्या परेको छ ।

त्यस सडक खण्डको दुवै तर्फ अहिले सवारी साधन लाम लागेका छन् ।

पहिरो खस्न रोकिए पछि पहिरो पन्छाउने र वाटो खेल्नेकाम गरिने पनि प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरिक्षक हेम थपलियाले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*