६ आश्विन २०८१, आईतवार  |  22 September 2024,Sunday
Ad

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लिए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशसभाबाट मंगलबार विश्वासको मत छन् ।

प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सांसदले उनको पक्षमा मतदान गरेका थिए ।

कुल ८७ सदस्यीय सांसद रहेको लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री आचार्यको बिपक्षमा ११ मत परेको थियो भने ५ जना सांसद बैठकमा अनुपस्थित रहेका थिए ।

केन्द्रीय सत्ता समिकरण परिवर्तन भई नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि गत साउन ७ गते एमालेबाट प्रतिनिधीत्व गरेका आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

बैठकमा आचार्यलाई नेकपा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३–३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी जम्मा ७० जना सांसदले विश्वासको मत दिएका थिए । मुख्यमन्त्री आचार्यले पाएको यो मतभार झण्डै दुई तिहाइ रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*