६ आश्विन २०८१, आईतवार  |  22 September 2024,Sunday
Ad

एक साता जरुरीबाहेकका काम बन्द गर्दै मन्त्री पाण्डे हवाई सुरक्षामा केन्द्रित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे एक साता जरुरीबाहेकका काम थाँती राखेर हवाई सुरक्षा सुधारका लागि केन्द्रित हुने भएका छन् । १५ दिनकै अवधिमा दुईवटा हवाई दुर्घटना भएपछि हवाई सुरक्षा सुधारको रणनीति तयार गर्नका लागि मन्त्री पाण्डेले एक साताका लागि जरुरीबाहेकका सबै कार्यक्रम र भेटघाट बन्द गरेको उनको सचिवालयले जनाएको छ ।

यो अवधिमा हवाई सुरक्षाका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारको उपाय खोज्ने उनको भनाइ छ । सचिवालयका अनुसार यो अवधिमा हवाई सुरक्षाका विषयमा केन्द्रित गर्दै आवश्यक कदम चाल्न मन्त्रालय र माताहतका निकायहरूलाई परिचालन गरिनेछ । साथै, मन्त्रीको सचिवालयले नेपालको हवाई क्षेत्रको सुरक्षा सुरक्षाका लागि सुझाव पनि मागेको छ । सुझाव मन्त्रालयको इमेल ठेगानामा पठाउन भनिएको छ ।

बुधबारमात्रै नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको थियो । जसमा पाइलट र चार जना चिनियाँ नागरिकको मृत्यु भयो । दुई साताअघि त्रिभुवन विमानस्थल परिसर भित्रै सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । यो दुर्घटनामा पाइलटमात्र जोगिएका थिए । यी दुवै दुर्घटनामा प्रभावकारी उद्धार कार्य हुन सकेको थिएन । यस विषयमा पनि सम्बन्धित निकायसँग जानकारी लिइएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*