प्रधानमन्त्री दाहालले यही आषाढ २८ गते विश्वासको मत लिने
सत्ता साझेदारीको प्रमुख घटक नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले यहीआषाढ २८ गते विश्वासको मत लिने भएका छन् ।
सरकार बनाउँदा समर्थन गरेको दलले समर्थन फिर्ता लिए पछि संविधानतः विश्वासको मत लिने प्रावधान अनुसार प्रधानमान्त्री दाहालले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।
नेकपा माओवादीलाई दिएको समर्थन फिर्ता लिई नेपाली काँग्रस संगको साझेदारीको सरकार बनाउन एमालेले सहमति गरे पछि प्रधानमन्त्री दाहाल अल्पमतमा परेका हुन् ।
काँग्रेसको समर्थनमा आफ्नो नेतृत्वमा सरकार बन्ने भए पछि एमालेले दाहाल नेतृत्वमा भएका मन्त्रीहरुलाई बिहीबार फिर्ता बोलाएको थियो ।
समर्थन फिर्ता गरी एमाले सरकारबाट बाहिरिए पछि प्रधानमन्त्रीले ३० दिन भित्र पुनः विश्वासको मत लिने प्रावधान अनुसार २८ गते विश्वासको मतकालागि प्रधानमन्त्री दाहालले प्रकृया अगाडी बढाउन आग्रह गरेका हुन् ।
यसपटक एमालेले विश्वासको मतमा साथ नदिए दाहाल सरकारबाट स्वत बाहिरिने छन् ।