१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

नयाँ सत्ता समिकरणको बिषयमा भएको प्रगतिका बारेमा काँग्रेसले आफ्ना पदाधिकारी संग छलफल गर्यो ।

नेपाली काँग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग सत्ता समिकरणका लागि गरेको सहमतिका विषयमा छलफल गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मङ्गलबार बसेको पदाधिकारी बैठकमा एमाले संग गर्ने सत्ता समिकरणमा राष्ट्रिय सहमतिका साथ अगाडी बढने सहमति गरेको ब्रिफिङ गरिएको थियो ।
बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेस र एमाले बीच सोमबार राति भएको सत्ता समीकरणको सहमतिबारेमा भएको प्रगतिका बारेमा व्याख्या गरेका थिए ।

संविधान संशोधन, राजनीतिक स्थायित्व र आर्थिक स्थिति सुधार गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग सत्ता समीकरणको सहकार्य र सहमति गर्नुपरेको नेता लेखकले पदाधिकारी बैठकमा जानकारी गराएका थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अब एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने जानकारी दिए ।

सोमबार दुई दल बीच भएको सहमति अनुसार सरकार निर्माणका लागि अन्य दललाई पनि संलग्न गर्ने गरी सहमति भएको नेता महतले बताए ।

बैठकमा आउँदो निर्वाचनसम्म एमाले र कांग्रेसले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व आलोपालोमा गर्ने गरी सहमति जुटाएर अगाडी बढ्ने बिषयमा छलफल भएको पनि उनले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*