कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका खच्चडको उद्धार थालियो
अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका खच्चडको उद्धार थालिएको छ ।
पुल पार गर्ने क्रममा पुलको लट्ठा चुँडिदा पुलमा फसेका १३ वटा खच्चडको पुलको तार काटेर कर्णाली नदिमा खसाली उद्धार थालिएको हो ।
उद्धारकालागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासी जुटेको स्थानीयले बताएका छन् ।
खच्चडलाई त्यसै निकाल्न कठिन भएकोले पुलको तार काटेर नदिमा केहि खच्चडलाई खसालिएको र डुङ्गाको सहायताले बाहिर निकालिएको स्थानीय प्रत्यक्ष दर्शीले बताएका छन् । भन्ने अन्यलाई पनि त्यसै गरी निकाल्ने प्रयास थालिएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठविस नगरपालिका ४ लाई जोड्ने उक्त पुलबाट खच्चड व्यवसायीले एकै पटक धेरै खच्चड लैजान खोज्दा पुलको लठ्ठा चुडिएर दुर्घटना भएको बताईएको छ ।