अबान्छित गतिविधि नियन्त्रणमा धनुषा प्रहरीले सक्रियता बढायो
जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सवमा हुन सक्ने अबान्छित गतिविधि नियन्त्रणमा धनुषा प्रहरीले सक्रियता बढाएको छ ।
विवाहपञ्चमी महोत्सवको भिडमा तिर्थालु भक्तजनलाई दुव्यवहार गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पनि छ ।
भीडभाडको मौकाछोपी श्रद्धालुभक्तजनको पाकेट मार्ने देखि दुव्यवहार गरेको भन्दै उनिहरुलाई नियन्त्रणमा लिएको धनुषा प्रहरीको भनाई छ ।
पक्राउ परेकाहरुलाई धर्मशाला प्रहरी यूनिटमा राखि थप अनुसन्धान गर्दै गरेको प्रहरीले जनाएको छ ।
विवाहपञ्चमीका अवसरमा हरेका बर्षको यो समयमा जनकपुरको राम जानकी मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ ।