७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

नवौं संविधान दिवस विविध कार्यक्रमसाथ मनाइँदै

नवौं संविधान दिवस, २०८० देशभर विविध कार्यक्रमसाथ मनाइँदै छ । दिवसमा देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले छुट्टाछुट्टै कार्यक्रम मनाएका छन् ।

बुधबार बिहान सैनिक मञ्च टुँडिखेलमा गरिएको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेका थिए । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।

नेपालको संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ सभासद्ले हस्ताक्षर गरेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*