७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

काठमाडौं गैरीगाउँको काठ कारखानामा चारजनाको सामूहिक हत्या

काठमाडौंको गैह्रीगाउँस्थित एक काठ कारखानामा शुक्रबार राति चार जनाको सामूहिक हत्या भएको छ । हत्या गरिएकामा एकै परिवारका तीन जना छन् । अर्का एक भने परिवारबाहिरका हुन् ।

उनीहरुको हत्या काठमिल भित्र रातको समयमा भएको हो । बिहानमात्र शव फेला परेको थियो ।

मृत भेटिएकामा काठ कारखानामा काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र उनकी आमा शुभद्रा भुजेल रहेको जनाइएको छ । उनीहरुको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । कुमार र उनकी श्रीमती काठमिलमै बस्दै आएका थिए भने आमा शुभद्रा केही दिनअघि श्राद्ध गर्न काठमाडौं आएकी हुन् ।

शुभद्रा शुक्रबारमात्रै छोरा भएको ठाउँ आएकी थिइन् । हत्या भएका अर्का व्यक्ति मोरङका नविन राई हुन् । उनी भने सो मिलका कामदार नभएको पाइएको छ।

काठमाडौं प्रहरीले दिएको जानकारीअनुसार सोही काठमिलमा काम गर्ने अर्का कामदारका छोरा दीपेन्द्र राई मध्य रातमा प्रहरीलाई खबर गर्न तीनकुनेस्थित चौकी पुगेका थिए। दीपेन्द्र ट्याक्सी चढेर प्रहरी वृत्त पुगेको बताइएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*