७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

मलद्वारमा लुकाएको सुन काण्ड प्रदेश मन्त्रीसँग जोडियो

बाग्मती प्रदेशका मन्त्री तथा काभ्रे कांग्रेस सभापति तीर्थ लामाको सुन तस्करी गिरोहसँग कनेक्सन आरोप लागेको छ । मलद्वारमा लुकाएर ल्याएको १ किलो सुन प्रकरणमा पक्राउ परेका व्यक्तिहरुको पहिचानपछि मन्त्रीको कनेक्सन पुष्टि भएको भन्दै माओवादी सांसद सूर्यमान दोङको चासो व्यक्त गरेका छन् ।

सुन तस्करी सञ्जालको प्रारम्भिक अनुसन्धानमा बाग्मती प्रदेशका खानेपानी तथा सिंचाइमन्त्री लामाको संलग्नता खुल्ने आधार भेटिएको स्रोतको दाबी छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले विमानस्थल बाहिरबाट भदौ २५ गते बाबुलाल दोङलगायतबाट बरामद सुनमा काभ्रे कांग्रेस सभापतिसमेत रहेका लामाको कनेक्सन देखिएको पुष्टि गरेको हो । मन्त्री लामाका विशेष सहयोगी विकास लामालगायतले मलद्वारमा लुकाइ ल्याएको सुन प्रकरणमा विगतमा दुबई बसेकै बेलादेखि सुन तस्करीको काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनलाई कांग्रेसबाट समानुपातिक उम्मेदवार बनाउनसमेत जिल्ला सभापतिले सिफारिस गरेका थिए ।

पछिल्लो पटक बरामद १ किलो सुन प्रकरणमा हालसम्म प्रहरीले काभ्रेको पनौती नगरपालिका, ५ मा बसोबास गर्ने बालुलाल दोङ, रोशी गाउँपलिका, ३ का जगत लामा र महाभारत गाउँपालिका, ३ का मिङ्मा दोर्जे स्याङतानलाई पक्राउ गरेको छ ।

सोही गिरोहमा संलग्नता खुलेका तरुण दलका केन्द्रीय सदस्य विकास लामा भने प्रहरीले खोजेपछि फरार छन् । कांग्रेस जिल्ला सभापति तथा प्रदेशमन्त्री लामाका निकट सहयोगी विकास कांग्रेसको बाग्मती प्रदेश प्रचार तथा प्रसार विभागमा समेत छन् ।

यसअघि यही गिरोहले पटकपटक ठूलो मात्रामा सुन तस्करी गर्ने गरेको अनुसन्धानमा खुलेको छ । विकास विगतमा पनि आपराधिक काममा संलग्न रहेर जेल बसेपछि छुटेका व्यक्ति हुन् । पक्राउ परेकाहरुले सुन तस्करीमा विकास लामाको नाम पोलेपछि तीर्थको समेत संलग्नता खुल्ने भएकाले काभ्रे कांग्रेसमा खैलाबैला मच्चिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*